समाचारबिहीबार, मंसिर २०, २०७०

अवैध रक्तचन्दनसहित एक जना पक्राउ

हिमालखबर

प्रहरीले अवैध रक्तचन्दनसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौं कोटेश्वरको सडक किनाराबाट १९ मंसीरमा रक्तचन्दनसहित सिन्धुपाल्चोक तातोपानी– ५ का पुष्प तामाङलाई पक्राउ गरेको हो ।

बा २ च ५१ नम्बरको टोयटा कारको पेट्रोल ट्यांकीमा पार्टेसन गरी रक्तचन्दन लैजाँदै गरेको अवस्थामा उनलाई पक्रिएको सीआईबीले जनाएको छ । उनको कारबाट २२ किलो ५०० ग्राम रक्तचन्दन प्रहरीले बरामद गरेको छ ।

उनले काठमाडौंबाट तातोपानी बोर्डरसम्म रक्तचन्दन पुर्‍याए वापत प्रति किलो पाँच हजार रुपैंया पाउने गरेको बताएको सीआईबीले जनाएको छ । उनले चलाएको टोयटा कार भने सिन्धुपाल्चोक घार्थली– ३ का ङिमा शेर्पाको नाममा रहेको सीआईबीको भनाई छ ।

तामाङलाई थप अनुसन्धानका लागि प्रहरीले २० मंसीरमा जिल्ला वन कार्यालय हात्तिसारमा पठाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>