समाचारबिहीबार, मंसिर २०, २०७०

भ्रमपूर्ण प्रचारबाजीप्रति सेनाको आपत्ति (विज्ञप्तिसहित)

हिमालखबर

निर्वाचन सम्पन्न भएको १७ दिनपछि २० मंसीरमा सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति निकालेर निर्वाचनमा धाँधली भएको भनेर अनावश्यक रुपमा सेनालाई विवादमा तानिएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “निर्वाचनमा धाँधली भएको भन्ने नाममा आधारहीन, तथ्यहीन एवं भ्रमपूर्ण प्रचारबाजी गरी राष्ट्रिय सेनालाई अनावश्यकरुपमा विवादमा तानी नेपाली सेनाको अराजनीतिक एवं व्यवसायिक चरित्रमाथि प्रहार गर्ने प्रयास एवं प्रचारवाजीप्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ ।”

सेनाले निर्वाचनमा आफूलाई दिइएको म्याण्डेट अनुसार निष्पक्ष भूमिका खेलेको पनि विज्ञप्तिमा उल्लेख गरेको छ । एमाओवादीले निर्वाचनमा धाँधली भएको र त्यसमा सेना संलग्न भएको आरोप लगाएको थियो ।

सेनाले निकालेको विज्ञप्तिको पूर्णपाठः

सैनिक जनसम्पर्क निर्देशनालयको बिज्ञप्ति

सम्पन्न संविधानसभा निर्वाचन २०७० र नेपाली सेनाले निर्वाह गरेको भूमिका

१.    नेपालको अन्तरिम संविधान २०६३ अनुरुप नेपाल सरकारको वैधानिक निर्णय बमोजिम गत मंसिर ४ गते सम्पन्न भएको संविधानसभा निर्वाचनमा नेपाली सेना परिचालन भई, ‘संविधानसभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्ने नेपाल सरकारको लक्ष्य अनुरुप’ नेपाली सेनालाई प्राप्त कार्यादेश नेपाली सेनाले नितान्त इमान्दारीपूर्वक,  उत्कृष्ट एवं व्यवसायिक ढंगले सम्पन्न गरेको तथ्य सबै सामु छर्लङ्ग छ । नेपाली सेनाको यस भूमिकालाई नेपाल सरकार, निर्वाचन आयोग, कुटनीतिक क्षेत्र,  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वतन्त्र पर्यवेक्षक, नागरिक समाज, संचारजगत लगायत संलग्न सबै क्षेत्रबाट समेत प्रसंशा भएको सर्वविदितै छ ।

२.    नेपाल सरकारको निर्णयबाट प्राप्त कार्यादेश बमोजिम नेपाली सेनाले आप्mनो जिम्मेवारी इमान्दार एवं कर्तव्यनिष्ट भई पालना गरेको परिप्रेक्षमा केही संचार माध्यम मार्पmत निर्वाचनमा धाँधली भएको भन्ने नाममा आधारहीन, तथ्यरहीत एवं भ्रमपूर्ण प्रचारबाजी गरी राष्ट्रिय सेनालाई अनावश्यकरुपमा विवादमा तानी नेपाली सेनाको अराजनैतिक एवं व्यवसायिक चरित्रमाथि प्रहार गर्ने प्रयास एवं प्रचारवाजीप्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ । नेपाली सेनाले निर्वाचनमा निर्वाह गरेको निष्पक्ष भूमिकालाई सम्पूर्ण नेपाली जनताले आत्मसात् गरी वास्तविकता बुझेको तथ्यप्रति नेपाली सेना विश्वस्त र गौरवान्वित छ । नेपाली सेना सदैव देश र जनताको सुरक्षाप्रति कटिबद्ध छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>