समाचारशुक्रबार, मंसिर २१, २०७०
प्रहरी र तस्करबीच गोली हानाहान
पर्साको शंकर सरैयामा २१ मंसीर राती प्रहरी र गाजा तस्करीबीच भिडन्त भएको छ । सुवर्णपुर रेञ्जपोष्टका सशस्त्र प्रहरी तथा जनपद प्रहरीको टोली र तस्करबीच भिडन्त भएको हो ।
गाजा तस्करी गरिरहेका तस्करहरुलाई समात्न पछ्याउने क्रममा भिडन्त भएको प्रहरीले जनाएको छ । चौध बोरामा गाजा राखेर लगिरहेका तस्करलाई पछ्याउने क्रममा तस्करहरुले गोली चलाएपछि प्रहरीले पनि जवाफी फाइरिङ गरेको शंकर सरैया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गणेशदास तत्माले बताए ।
उनकाअनुसार करिब १७– १८ जनाको समूहमा आएका तस्करहरुले २८० किलो गाजा भारततर्फ लैजादै गरेको अवस्थामा भिडन्त भएको हो । प्रहरीले तीन राउण्ड गोली चलाएपछि तस्करहरु गाजा छाडेर भागेका छन् ।
बिम्मी शर्मा, पर्सा
