समाचारशुक्रबार, मंसिर २१, २०७०

बस दुर्घटनामा एकको मृत्यु, दुई घाइते

हिमालखबर

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको मोहनपुरमा २२ मंसीर बिहान बस र भ्यान ठोक्किदाँ सप्तरी शम्भुनाथ– १ का ३५ वर्षीय राजदेव पालको मृत्यु भएको छ । म्याजिक भ्यानका चालक पालको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते राजविराज नगरपालिका– ४ का ५४ वर्षीय प्रदीप सतारको नकटीरायपुरस्थित युनिक अस्पतालमा र धादिङ बैरेनी–२ की लक्ष्मी खतिवडाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख ८१४६ नम्बरको शिवपार्वती ट्राभल्सको बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ज ३३०७ नम्बरको म्याजिक भ्यान आपसमा ठोक्किएको जिल्ला ट्राफिक कार्यालय सप्तरीका प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>