थप समाचारशुक्रबार, मंसिर २१, २०७०

खुम्बु क्षेत्रमा ८ हजार भन्दा बढी पर्यटक

हिमालखबर

सगरमाथा राष्ट्रिय निकुञ्जले गएको कात्तिक महिनामा मात्रै अधिक विदेशी पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेको जनाएको छ । निकुञ्जकाअनुसार खुम्बु क्षेत्रमा भ्रमण गर्ने पर्यटकको संख्या ८ हजार २८२ छ ।

भ्रमण आउनेमा बढी महिला छन् । निकुञ्ज कार्यालयकाअनुसार भ्रमणमा आउनेमध्ये ५ हजार १५८ महिला र ३ हजार एक सय पुरुष पर्यटक छन् ।

भ्रमण गर्नेहरूमध्ये सबैभन्दा बढी बेलायतका १ हजार १२०, जर्मनीका ८८९ र अमेरिकाका ८०२ जना पर्यटक छन् । यस्तै, सार्क क्षेत्रबाट १२२ पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् ।

सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने खुम्बु क्षेत्रको भ्रमणका लागि विदेशी पर्यटकले तीन हजार रुपैयाँ शुल्क तिर्नुपर्छ ।

पर्यटक प्रवेश शुल्क, पर्यटकीय सहयोग शुल्क, निकुञ्ज क्षेत्रमा ढुङ्गा, बालुवा र मालिङगोको पुर्जी, हेलिकोप्टर अवतरण शुल्क लगायत गरी सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेमार्फत् २ करोड १७ लाख ३४ हजार आठ सय रुपैया राजस्व प्राप्त भएको कार्यालयले जनाएको छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>