समाचारशनिबार, साउन ६, २०६९

राजनीतिक संकटबाट कांग्रेसले निकास दिन्छः कोइराला

हिमालखबर

बिपी स्मृति दिवसको उपलक्ष्यमा कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ५ द्वारा ६ साउनमा धापासीमा आयोजित मङ्गलादेवी स्मृति भवनको उद्घाटन तथा वृक्षरोपण कार्यक्रममा सभापति कोइरालाले एउटा कुरा बोल्ने र अर्को काम गर्ने दोधारे प्रवृत्ति त्याग्न माओवादी नेताहरुलाई आग्रह गरे । “अरुलाई मूर्ख बनाउने र धोखा दिने काम छोडनुस्, मुखले जे बोलेको हो सबैले विश्वास गर्ने गरी त्यसलाई व्यवहारमा लागु गर्नुस्,” सभापति कोइरालाले भने ।

पार्टी फुट्नु दुखद कुरा भएको बताउँदै सभापति कोइरालाले माओवादीले लिएको हत्या हिंसाको नीतिको कारण पार्टीमा विग्रह र अराजकता बढ्दै गएको बताए । शान्ति, संविधान र राजनीतिक सङ्कटको निकासका लागि सबै दल सहमतिमा आउनुको विकल्प नभएको दोहोर्‍याउँदै सभापति कोइरालाले कांग्रेसले वार्ता र स‌घर्षका कार्यक्रमलाई एकसाथ लिएर अघि बढेको बताए ।

कार्यक्रममा महामन्त्री कृष्ण सिटौलाले कांग्रेसले आफ्नो स्पष्ट दृष्टिकोणका साथ शान्ति, संविधान र राजनीतिक सङ्कटको निकास छिट्टै दिने उल्लेख गरे ।”सरकारले गरेको निर्वाचनको घोषणा संविधानसभा भङ्ग गरेर सत्ता लम्बाउने अभ्रि्रायले भएको हो तर यसमा माओवादी अहिले आफैँ फसेको छ, अडकेको राजनीतिलाई काँग्रेसले गति दिन्छ,” महामन्त्री सिटौलाले भने ।

केन्द्रीय सदस्य नरहरि आचार्यले चुनाव गर्ने मनसाय भएको भए सबैसँग परामर्श हुन्थ्यो तर नगर्ने अभ्रि्रायले सरकारले चुनाव घोषणा गरेको हो भन्दै सानो सङ्ख्याको संरचनामा संविधानसभा र संसदको बेग्लाबेग्लै निकाय रहने गरी चुनाव गर्न उपयुक्त हुने धारणा राखे ।

नेपाल महिला सङ्घका अध्यक्ष डा. डिला सङ्ग्रौला र सङ्घका पूर्व अध्यक्ष अम्बिका बस्नेतलगायतले बिपीको विचार अहिले पनि सान्दर्भिक भएको भन्दै राष्ट्रिय सङ्कटलाई निकास दिन कांग्रेसले अग्रसरता दिन नेतृत्वलाई सुझाव दिएका थिए ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>