थप समाचारशनिबार, मंसिर २२, २०७०

बिहेको गाडी दुर्घटना हुँदा ३२ घाईते

हिमालखबर

२१ मंसीर राति साढे १२ बजे तनहुँको पुर्कोट गाविसको बाईसजाँगरमा बिहेको जन्तीसहित फर्कंदै गरेको गाडी दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । घाईतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाईते भएका ११ जनालाई उपचारका लागि चितवनको भरतपुर लगिएको छ भने पाँच जनाको बेसीशहर स्थित जिल्ला सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । त्यस्तै १६ जना सामान्य उपचार पश्चात घर फर्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बेसीशहरको दनाईफाँटबाट जन्ती लिएर चितवन पुगेको ग १ ख ४५१२ नम्बरको बस बेहुली लिएर फर्कंदै गदौ दुर्घटना भएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>