समाचारशनिबार, साउन ६, २०६९
बारम्बार अध्यादेश ल्याउनु संविधान अनुकूल होइनः राष्ट्रपति
कोरिया-नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजीको ६ साउनमा बुटवलमा उदघाटन गर्दै उनले यस्तो धारणा राखेका हुन । संविधान बन्न नसकेको प्रसंगमा यादले भनॆ,’मैले पनि कतै अभिभावकको रुपमा समन्वय गर्न सकिनँ की यसको मूल्याङकन इतिहासले गर्ला ।’
राष्ट्रपति डा. यादवले हरेक निर्णय अध्यादेशबाट लागू गरिनु मुलुक र लोकतन्त्रविरुद्ध हुने लोकतन्त्रवादीहरुको भनाइ रहेको उल्लेख गर्दै बारम्बार अध्यादेश ल्याउने कुरा संविधान अनुकूल नहुने समेत बताए । उनले भने,’बारम्बार अध्यादेश ल्याउने कुरा संविधान अनुकूल होइन छिट्टै प्रधानमन्त्रीले निकास निकाल्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’
कार्यक्रममा शिक्षामन्त्री दिनानाथ शर्मा, कोरियाली राजदूत किम इल डो, सिटिइभिटीका उपाध्यक्ष डा. गोपाल खनाल, सदस्य सचिव जयबहादुर टन्डनलगायतले आ-आफना धारणा राखेका थिए । कोरिया सरकार (कोइका) को करिब रु ५५ करोडको लागतमा तामनगरको नौ बिघा १३ कठ्ठा क्षेत्रफलभित्र निर्माण भएको प्राविधिक शिक्षालयको भवनलगायत अन्य पूर्वाधार निर्माण कार्य सम्पन्न भइसकेका छन । रासस
