समाचारशनिबार, मंसिर २२, २०७०

तीन दिन राष्ट्रिय झण्डा आधा झुकाइने

हिमालखबर

मन्त्रिपरिषद्को २२ मंसीर साँझ बसेको बैठकले दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको श्रद्धाञ्जली सभामा परराष्ट्र मन्त्री माधव घिमिरेको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मण्डेलाको निधनमा शोक मनाउन २३ देखि २५ मंसीरसम्म तीन दिन सरकारी कार्यालय र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने र कुनै पनि सरकारी औपचारिक समारोह नगर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री माधव पौडेलले जानकारी दिए ।

बैठकले स्वतन्त्रता, समानता तथा लोकतन्त्रका अथक योद्धा, शान्ति, न्याय र साहसका प्रतीक मण्डेलाको निधनमा शोक व्यक्त गर्दै स्वर्गीय मण्डेलाको दिवङ्गत आत्माको चिर शान्तिको कामना गरेको छ । पूर्व राष्ट्रपति मण्डेलाको २० मंसीर राति उनकै निवास दक्षिण अफ्रिकाको जोहान्नेसबर्गमा निधन भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>