समाचारशनिबार, मंसिर २२, २०७०
श्रीमतीलाई यातना दिने एमाओवादी नेता पक्राउ
एकवर्ष अघिदेखि श्रीमतीलाई यातना दिँदै आएका एमाओवादी भोजपुरा राज्य समिति सदस्य वहिद अन्सारीलाई प्रहरीले चन्द्रनिगाहपुरस्थित उनकै निवासबाट पक्राउ गरेको छ । २१ मंसीर राति मरणासन्न हुने गरी कुटपिट गरेपछि प्रहरीले पीडित महिलालाई घरबाटै उद्धार गरी अन्सारीलाई पक्राउ गरेको हो ।
कुटपिटबाट २५ वर्षीया शारदा उप्रेतीको आँखा, कम्मर, खुट्टा, अनुहारमा चोट लागेको छ । करिब आठ वर्षअघि प्रेम विवाह गरेका अन्सारी र उप्रेतीका दुई छोरा छन् ।
पक्राउ परेका अन्सारीमाथि आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर प्रहरी नायब उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।
महिला अधिकारकर्मी देवकी नेपालले एक जिम्मेवार राजनीतिक दलका सदस्यले श्रीमतीलाई यातना दिनु दुःखद भएको भन्दै घटनाको अनुसन्धान गरी कडा कारबाही गर्न माग गरेकी छन् ।
रासस
