थप समाचारशनिबार, मंसिर २२, २०७०
दिलिप यादवको गोरुगाडा विजयी
यही गोरुगाडा दौड प्रतियोगिता सिरहाको इटहर्वास्थित बलान नदीमा बर्सेनि हुने गरेको छ । धार्मिक र सांस्कृतिक महत्वपूर्ण यो दौड गाउँलेले प्रत्येक वर्ष विवाह पञ्चमीका दिन मनाउँदै आएका छन् ।
२२ मंसीरमा आयोजित दौडमा सप्तरी मल्हनियाँ–१ का दिलिप यादवको गोरुगाडा पहिलो भयो । सप्तरी मल्हनीयाकै लटु यादवको गोरुगाडा दोस्रो र सोही ठाउँका कृष्णदेव यादवको गोरुगाडाले तेस्रो स्थान प्राप्त गर्यो ।
विवाह पञ्चमीका दिन बलान खोलापारि सप्तरीको मल्हनियाबाट आउने रामको जन्तीले सिरहा इटहर्वामा रहेको शिवधनु तोडेपछि प्रतियोगिता शुरु हुने गर्छ ।
दौडमा पहिलो हुनेलाई दुई तोला चाँदी, गोरुको घाँटीमा लगाउने घुँघुर, एक थान बाल्टीन, गोरुलाई लगाउने टीका तथा बहलमानका लागि एउटा तौलिया आयोजकले पुरस्कार दिएका छन् ।
यस्तै दौडमा दोस्रो तथा तेस्रो भएका लागि चाँदीबाहेक पहिलोलाई दिएको पुरस्कार दिएको छ । विजेताका लागि पुरस्कारभन्दा वर्षभरि पाइने मानसम्मान र चर्चा ठूलो हुने गर्छ ।
“दौडका क्रममा रु एक लाख पर्ने गोरु मर्छन् वा बाँच्छन् भन्ने समेत वास्ता गर्दैनौँ,” प्रतियोगितामा प्रथम भएका दिलिपले भने ।
गोरुगाडा दौड हेर्न सिरहा र सप्तरी जिल्ला वरिपरिका सयौँ गाउँ र सीमावर्ती भारतका बासिन्दाको घुइँचो लागेको थियो ।

