थप समाचारआइतबार, मंसिर २३, २०७०

संसारभरबाट नेताहरु दक्षिण अफ्रिका पुग्दै

हिमालखबर

नेल्सन मण्डेलाको सम्मानमा जोहान्नेसबर्गस्थित एक चर्चमा मैनवत्ति बाल्दै महिला छोराछोरीका साथमा । तस्वीर: एपी

संयुक्त राष्ट्रसंघका महासचिव वान की मुन दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मन्डेलाको शोक सभामा उपस्थितिको लागि त्यसतर्फ जान लागेको संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामा पनि मन्डेलाको शोकसभा र अन्येष्टिमा उपस्थित हुने भएका छन् ।
मन्डेलाप्रति श्रद्धाञ्जलि प्रकट गर्न र उनको शोकसभामा सहभागी हुन विश्वका विभिन्न राष्ट्रबाट राष्ट्रपति, प्रधानमन्त्री, धार्मिक नेताहरू र उच्चस्तरीय व्यक्तित्वको उपस्थित हुने बताइएको छ ।

५ डिसेम्बरमा निधन भएका मन्डेलाको पार्थिव शरिरलाई जोहानेस्बर्गस्थित ९४ हजार सिटको क्षमता ‘सिटी स्टेडियम’ मा राखिएको छ ।

विश्वप्रसिद्ध प्रजातन्त्रवादी नेता एवम् रङ्गभेद विरोधी विश्व आन्दोलनका प्रमुख अग्रणी दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको ९५ वर्षको उमेरमा गत डिसेम्बर ५ का दिन निधन भएको थियो ।

राजकीय सम्मानका साथ उनको अन्त्येष्टि १५ डिसेम्बरमा गरिने दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकब जुमाले बताएका छन् । मण्डेलाको अन्त्येष्टिका लागि दश दिनको कार्यक्रम सार्वजनिक गरिएको छ ।

एएफपी

युगकै नेता मडिबा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>