समाचारसोमबार, मंसिर २४, २०७०
पाँच दिन म्याद बढाउन कांग्रेसको आग्रह (विज्ञप्ति)
कांग्रेसले समानुपातिकतर्फको सभासदको नाम सिफारिश गर्ने म्याद पाँच दिन थप्न निर्वाचन आयोगसँग आग्रह गरेको छ । कांग्रेसले २४ मंसीरमा दलहरुबीच सहमति निर्माणका लागि वार्ता र संवाद चलिरहेको भन्दै म्याद थप्न आयोगसँग आग्रह गरेको हो ।
कांग्रेसले आयोगले दिएको २५ मंसीरसम्मको म्याद थपेर ३० मंसिरमा पुर्याउन आग्रह गरेको छ ।
कांग्रेसले निकालेको विज्ञप्तिः
प्रेस विज्ञप्ति
२०७० साल मंसीर ४ गते सम्पन्न संविधानसभा सदस्य निर्वाचन पश्चात एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लगायत राजनीतिक दलहरुसँग सहमति निर्माणका लागि वार्ता र संवाद चलिरहेको सन्दर्भमा समानुपातिक सूचिबाट दलहरुले छानिएका उम्मेदवारहरुको नामावली प्रस्तुत गर्न केही समय थप्नु उपयुक्त भएकाले २०७० मंसीर २५ गतेसम्मका लागि तोकिएको समयमा ५ दिन थप गरी मंसिर ३० गतेसम्म समय बढाई दिन नेपाली कांग्रेसले निर्वाचन आयोग समक्ष अनुरोध गरेको छ ।
चिनकाजी श्रेष्ठ
मुृख्य सचिव
