समाचारआइतबार, साउन ७, २०६९

संविधान जारी नहुनुमा उग्रवामपन्थ दोषी: खनाल

हिमालखबर

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३४ औँ स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा ७ साउनमा आयोजित कार्यक्रममा खनालले संविधानबिना नै संविधानसभाको विघटन हुनुमा उग्र वामपन्थी सोच प्रमुख कारक रहेको बताएका हुन । कार्यक्रममा नेता खनालले २००७ सालदेखि नेपालमा भएको ऐतिहासिक क्रान्ति एवम् उपलब्धिमा पुष्पलालको मार्गदर्शनले महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गरे ।

पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले पुष्पलालले नेपाली जनताको मुक्तिका लागि पुर्‍याएको योगदान चीरकालपर्यन्त जीवन्त रहने बताए । स्वतन्त्रता र न्यायपूर्ण समृद्ध नेपाल निर्माण गर्ने पुष्पलालको चिन्तन वर्तमानमा पनि उत्तिकै महत्वपूर्ण भएको बताउँदै उनले पुष्पलालको चिन्तन एवम् मार्गदर्शनलाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पुष्पलाल स्मृति पार्क चम्पादेवी कीर्तिपुरमा अवस्थित पुष्पलालको सालिकमा पार्टी अध्यक्ष खनाल, पार्टी वरिष्ठ नेता नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव इश्वर पोखरेल, सचिव युवराज ज्ञवाली र शङ्कर पोखरेल, नेता अमृत बोहोरालगायतले माल्यार्पण गरेका थिए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>