समाचारसोमबार, मंसिर २४, २०७०
चुनावमा खटिएका सेना ब्यारेक फिर्ता
सेनाले २४ मंसिरमा प्रेस विज्ञप्ति जारी गरेर सेना ब्यारेक फर्केको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, “निर्वाचनको लागि हिमाल, पहाड, तराई लगायत देशको विभिन्न स्थानमा तैनाथ फौज मध्ये अन्तिम टोली आज कर्णाली अञ्चलको हुम्ला जिल्लाबाट जुम्लाको सदरमुकाम खलङ्गा स्थित व्यारेक फिर्ता भएको छ । उक्त टोली व्यारेक फिर्ता भए पश्चात संविधानसभा निर्वाचनमा देशका विभिन्न स्थानमा खट्टिएका सम्पूर्ण फौज आ–आप्mनो व्यारेक फिर्ता भएको जानकारी गराईन्छ ।”
निर्वाचनमा आफुलाई प्राप्त कार्यादेश नेपाली सेनाले नितान्त इमान्दारीपूर्वक, उत्कृष्ट एवं व्यवसायिक ढंगले सम्पन्न गरेको पनि विज्ञप्तिमा उल्लेख छ । संविधानसभा चुनावमा एकीकृत सुरक्षा योजना अन्तर्गत सेना परिचालन गरिएको थियो ।
