थप समाचारमंगलबार, मंसिर २५, २०७०

भुटानी शरणार्थीको झापामा शान्त प्रदर्शन

हिमालखबर

दिवसको अवसरमा झापाको बेलडाँगी शिविरका भुटानी शरणार्थीले २५ मंसीरमा घरै जाने पाऔं भन्दै शिविरमा शान्त प्रदर्शन गरेका छन् । हातहातमा स्वदेश फिर्ती सम्बन्धी प्लेकार्ड र ब्यानर बोकेका शरणार्थीले शिविरमा र्‍याली र सभा आयोजना गरे ।

कार्यक्रमका संयोजक शिविर सचिव सञ्चहांग सुब्बाले शरणार्थीलाई युरोप र अमेरिका पुनर्बास गर्न भन्दा पनि उनिहरुको नाममा घरबारी भएको थलोकिलोमा फर्काउन अन्तराष्ट्रिय समुदायलाई आग्रह गरे । कार्यक्रममा भुटानी नेता डा. भम्पा राई, शरणार्थी स्वदेश फिर्ती ज्येष्ठ नागरिक समूहका हर्कजंग लिम्बु लगायतले घर फर्किने शरणार्थीको अधिकार र चाहनाको सम्मान गर्नुपर्ने बताए ।

बेलगाँगी शिविरबाट ८५ हजार भन्दा बढी भुटानी शरणार्थी युरोप र अमेरिका पुनर्बास भएपनि शिविरमा बाँकी साढे ३५ हजारमध्ये कम्तिमा आठ हजार भुटानीले पुनर्बासमा कुनै चासो देखाएका छैनन् ।

गोपाल गडतौला, दमक

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>