समाचारआइतबार, साउन ७, २०६९
कांग्रेस नेताहरुद्वारा राष्ट्रपतिको ध्यानाकर्षण
राष्ट्रपति कार्यालयमा ७ साउनमा भएको भेटघाटमा कांग्रेस नेताहरुले सरकारले नयाँ निर्वाचनका लागि घोषणा गरेको मितिमा निर्वाचन हुन नसक्ने र चुनावका लागि आवश्यक कानुन संशोधनका लागि निर्वाचन आयोगले दिएको समयसीमा सकिएको भनी राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए ।
भेटपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले वर्तमान राजनीतिक समस्या समाधानका लागि संविधान संरक्षकको हैसियतले राष्ट्रपतिको भूमिका के हुन सक्छ त्यो राष्ट्रपतिले नै सोच्ने विषय भएको प्रतिक्रिया दिए ।
पौडेलले भने, ‘मुलुकले राजनीतिक र संवैधानिक समाधान खोजेको छ । कामचलाउ सरकार कति दिनसम्म राख्दा उपयुक्त हुन्छ त्यसबारे सबैले सोचेर राष्ट्रिय सहमति कायम गरी अघि बढ्नु उचित हुनेछ ।” भेटमा पार्टी सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति पौडेल सहभागी थिए ।रासस
