समाचारमंगलबार, मंसिर २५, २०७०

दलहरुले उच्चस्तरीय समितिबाटै सहमति खोज्ने

हिमालखबर

मुख्य तीन दलले उच्चस्तरीय राजनीतिक समितिमै विवादित विषय छलफल गर्ने भएका छन् । बबरमहलस्थित शान्ति कोष सचिवालयमा २५ मंसीरमा बसेको तीन दलका शीर्ष नेताको बैठकले उच्चस्तरीय समितिमै सहमति खोज्ने निर्णय गरेको हो ।

बैठकले २६ मंसीरदेखि नै उच्चस्तरीय समितिमा छलफल शुरु गर्ने निष्कर्ष निकालेको छ । कांग्रेस–एमालेका नेताहरु समितिमार्फत विवाद समाधान गर्न सहमत भएकाले फेरि उच्चस्तरीय समितिमा छलफल गर्न लागिएको एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बताए । उनले भने, “समितिको बैठक बस्नु पर्‍यो भनेर मैले अलि अघि देखि नै भन्दै आएको थिएँ, अब काग्रेस र एमाले पनि त्यसमा सहमत भएका छन् ।”

बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले दलहरुबीचको विवाद समाधान गर्न समितिको बैठक बस्न लागेको जानकारी दिए । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले तीन दलबीच सकारात्मक छलफल भएको बताए ।

बैठकमा कांग्रेस र नेकपा एमालेले सहमतिका लागि संविधानसभामा सहभागी हुन एकीकृत माओवादीलाई आग्रह गरेका थिए । तर एकीकृत माओवादीले भने निर्वाचनमा भएको भनिएको धाँधलीको छानबिन नभएसम्म संविधानसभामा सहभागी नहुने अडान राखेको थियो ।

उच्चस्तरीय राजनीतिक समितिमा मुख्य तीन दलसहित मधेशी दल पनि सहभागी छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>