थप समाचारमंगलबार, मंसिर २५, २०७०

सिरहामा आगलागीबाट १० लाख भन्दा बढीको क्षति

हिमालखबर

सिरहाको सीतापुर–४ मा आगलागीमा परी ६ वटा घर जलेर नष्ट भएको छ । तीन दलित परिवारको ६ वटा घरमा २५ मंसीरमा आगलागी भएको हो ।

स्थानीय चन्देश्वर राम, प्रमेश्वर राम र डोमी दास (तत्मा)को दुई/दुईवटा फुसको घर जलेर पूर्णरुपमा नष्ट भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । आगलागीबाट १० लाख रुपैंया भन्दा बढीको धनसम्पत्ति जलेर नष्ट भएको स्थानीय शिवकुमार यादवले बताए ।

विद्युत् सर्ट भएर चन्देश्वर रामको घरबाट आगलागी शुरु भएको थियो । आगलागी हुने बित्तिकै स्थानीयबासी र सीतापुर प्रहरी चौकीबाट पुगेको प्रहरी टोलीले संयुक्त रुपमा आगो नियन्त्रणमा लिएको थियो ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>