समाचारबुधबार, मंसिर २६, २०७०

रेग्मी र उप्रेतीलाई ल्याउनु गल्ती थियोः सापकोटा

हिमालखबर

एमाओवादी प्रवक्ता सापकोटाले मन्त्रिपरिषद अध्यक्षमा प्रधानान्याधीश खिलराज रेग्मी र प्रमुख निर्वाचन आयुक्तमा निलकण्ठ उप्रेतीलाई ल्याएर आफूहरुले गंभीर गल्ती गरेको बताएका छन् । रिपोर्टर्स क्लबले २६ मंसीरमा गरेको कार्यक्रममा उनले पार्टी निकटका उनीहरुलाई आफ्नो गल्ती भएको बताए ।

उनले भने, “उनीहरुलाई नै मन्त्रिपरिषद अध्यक्ष र प्रमुख निर्वाचन आयुक्त बनायौं, त्यो गल्ती भयो ।” उनीहरुले सुक्ष्म रुपमा धाँधली गरेको उनको आरोप छ । उनीहरुले यस्तो धाँधली गर्ला भनेर आफूहरुले कल्पना समेत नगरेको उनले बताए  ।

“४ मंसीरको निर्वाचन प्रायोजित, नियोजित र षडयन्त्रमूलक रुपमा लामो समयदेखि डिजाईन गरेर गरिएको चुनाव हो,” उनले भने, “यसपटकको निर्वाचन सिकाईको विश्वविद्यालय बनेको छ ।” उनले संविधानसभाको निर्वाचन संसदको निर्वाचन जस्तै फोहोरी र गन्हाउने गरी भएको दावी गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>