समाचारबुधबार, मंसिर २६, २०७०

नेतृत्व हस्तान्तरण गर्न आतुर छौं: रेग्मी

रासस

तानसेन नगरपालिकालाई पूर्ण साक्षर घोषणा गर्न २६ मंसिरमा आयोजित कार्यक्रममा अध्यक्ष रेग्मीले जननिर्वाचित सरकार संविधान निर्माण कार्यमा लाग्ने विश्वास व्यक्त गरे । रेग्मीले चुनावी सरकारले निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गरेको तथा निर्वाचनमा सरकारले सफलता पाएको बताए । रेग्मीले भने, “अब नेतृत्व जननिर्वाचित सरकारलाई हस्तान्तरण गर्न चाहेका छौं ।”

कार्यक्रममा अध्यक्ष रेग्मीले संविधानसभा निर्वाचन शान्ति पूर्णरुपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण मतदाता, निर्वाचन अधिकृत, सुरक्षाकर्मी, पर्यवेक्षक र निर्वाचनमा खट्नेलाई धन्यवाद समेत दिए ।

कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री माधव पौडलले पूर्ण साक्षर नगरपालिका घोषणा गरेर पाल्पाले नयाँ इतिहास रचेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>