थप समाचारबुधबार, मंसिर २६, २०७०

पत्रकार पाल्पालीको उपचारमा सघाउन आग्रह

हिमालखबर

राजधानीमा २६ मंसिरमा बसेको महासंघ केन्द्रीय समितिको उपलब्ध पदाधिकारीसहित सदस्यहरुको बैठकले पत्रकार पाल्पालीको स्वास्थ्यस्थिति नाजूक बन्दै गएको भन्दै उपचारमा विशष ध्यान दिन सरकारको ध्यानाकर्षण गरेको छ । पाल्पाली मृगौला, मधुमेह र उच्च रक्तचापबाट विरामी छन् ।

महासंघले आफ्ना जिल्ला शाखा, प्रतिष्ठान शाखा र एसोसिएट संस्थामा आवद्ध सञ्चारकर्मीहरूलाई समेत पाल्पालीको उपचारमा सहयोग गर्न आग्रह गरेको छ ।

यसैबीच गोरखापत्र दैनिकका कार्यकारी सम्पादक गोकर्ण अर्याल र झापाबाट प्रसारण हुने रेडियो सरगम ८८.८ मेगाहर्जकी समाचार संयोजक मनिषा गौतममाथि अज्ञात समुहले सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएको घटनाका दोषीहरुको अबिलम्ब पहिचान गरी कानुनी दायरामा ल्याएर पत्रकारलाई निर्भिक र निर्धक्क भएर पत्रकारिता गर्ने वातावरण निर्माण गर्न महासंघले सरकारसँग माग गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>