थप समाचारबिहीबार, मंसिर २७, २०७०
श्रीमतीको हत्या, श्रीमान घाईते
धनुषाको बटेश्वरमा २६ मंसीर राती अज्ञात समूहको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आक्रमणमा परी अर्का एक जना गंभीर घाईते भएका छन् ।
मृतक धनुषाको बटेश्वर–८ का १८ वर्षिया बबिता यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आक्रमणबाट बबिताका श्रीमान २२ वर्षीय विश्वनाथ यादव घाईते छन् ।
टाउकोमा घरेलु हतियार प्रहार गरी घाईते बनाइएका यादवको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । श्रीमति बबितालाई बचाउने क्रममा उनीमाथि पनि घरेलु हतियार प्रहार गरिएको प्रहरीले जनाएको छ ।
१०/१२ जनाको समूहमा आएका अज्ञात समूहले बबितामाथि घरेलु हतियार सहित आक्रमण भएको देखिएको छ । धनुषाका प्रहरी उपरिक्षक उत्तमराज सुवेदीले घटनाको प्रारम्भिक अनुसन्धानबाट बदला लिनलाई घटना गरेको देखिएको बताएका छन् ।
हत्यामा संलग्न ब्यक्तिहरुको खोजबिन तीब्र बनाईएको उनले जानकारी दिए ।
ईश्वरचन्द्र झा, जनकपुर

