थप समाचारबिहीबार, मंसिर २७, २०७०

भारतीय डाका झापामा समातिए

हिमालखबर

झापाका विभिन्न ठाउँमा डाकैती गर्दैआएका भारतीय मोहम्मद जलिमलाई प्रहरीले भद्रपुरबाट पक्राउ गरेको छ । २६ मंसीरमा पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय चन्द्रगढीले २७ मंसिरमा सार्वजनिक गरेको हो ।

उनी सहितको भारतीय डाँका समूहले १८ मंसीरमा झापा पाठामारी–३ का जियारुल मियाँको घरबाट नगद, गरगहनासमेत ९ लाख ४५ हजार रुपैंया बराबरको धनमाल लुटेको र २२ मंसीरमा बनियानी–२ का देबेन्द्र लिम्बुको घरबाट ३ लाख ७० हजार ८०० रुपैंया बराबरको धनमाल लुटेको थियो ।

यस्तै, उनीमाथि २ जेठ, २०६९ मा भद्रपुर–१२ का रामचन्द्र गुप्ताको घरबाट नगद र सुन समेत साढे ७ लाख, १ असार, २०६९ मा बनियानी–८ का जयप्रसाद राईको घरबाट सुन, मुगा र नगद समेत गरी  १६ लाख ५०० रुपैंया बराबरको धनमाल लुटेको अभियोग छ । उनले ३० मंसीर, २०६९ मा झापा बनियानी–२ का कुशपतलाल राजबंशीको घरबाट ६ लाख मूल्य बराबरको गरगहना र नगद लुटेको प्रहरीले जनाएको छ ।

उनी भारत बिहारको किसनगञ्ज जिल्ला, कुर्लिकोट थाना अन्तर्गतको नैनागाछी टोलका बासिन्दा हुन् । १६ जना युवालाई डकैतीमा परिचालन गरी नेपालमा अरु डकैतीको योजना बनाइरहेको बेला उनी समातिएको प्रहरीको दावी छ ।

गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>