समाचारबिहीबार, मंसिर २७, २०७०

मन्त्रिपरिषद् बैठकका निर्णयहरू

हिमालखबर

राजधानीमा २७ मंसीरमा बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारी सञ्चयकोषबाट लिइने रु ८५ करोड र नागरिक लगानी कोषबाट लिइने रु ८० करोड ऋणमा नेपाल सरकार जमानत बस्ने बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले मेलम्ची खानेपानी आपूर्ति आयोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने रु दुई अर्ब ४२ करोड सहायतासम्बन्धी सम्झौताको वार्ता अघि बढाउन सहरी विकास मन्त्रालयलाई जिम्मा दिएको छ । यस्तै बैठकले गोरखापत्र संस्थानको अध्यक्ष पद सम्हाल्ने जिम्मा अर्को व्यवस्था नभएसम्मका लागि सूचना तथा सञ्चार मन्त्रालयका सचिवलाई दिएको छ ।

त्यसैगरी, काभ्रेको धुलिखेलमा सञ्चालन हुने ट्रमा सेन्टरका लागि दिइएको सो स्थानको १६ रोपनी जग्गा काठमाडौँ विश्वविद्यालयलाई ३० वर्षका लागि भाडामा दिने निर्णय भएको प्रवक्ता पौडेलले जानकारी दिए । आगामी २०१४ फेब्रुअरी १४ मा अमेरिकामा हुने क्षमता वृद्धि कार्यशालामा सहभागी हुन राष्ट्रिय अनुसन्धान विभागका निर्देशक गणेश थापालाई पठाइने भएको छ ।

बैठकले मेक्सिको र बेल्जियमका लागि अवैतनिक दूतको म्याद थप गरेको छ । यस्तै नेपाली सेनाका प्राविधिक सेनानी गेहेन्द्र लाललाई महासेनानीमा बढुवा गरिएको छ । बैठकले शिक्षा विभागमा रहेको एक हजार ७५ स्रोत व्यक्तिको दरबन्दीलाई कटौती गरी एक हजार ५५ कायम गरेको छ । त्यस्तै क्यासिनोसम्बन्धी नियमावलीको स्वीकृति दिने र श्रम तथा वैदेशिक रोजगार विभागको काठमाडौँ कार्यालय स्थापना गर्ने निर्णय भएको प्रवक्ता पौडेलले जानकारी दिए ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>