थप समाचारशुक्रबार, मंसिर २८, २०७०

दुई पर्यटकको मृत्यु

हिमालखबर

टोलीसहित नेपाल भ्रमणमा आएका दुई जना चिनियाँ पर्यटक मृत अवस्थामा भेटिएका छन् । नगरकोटको होटल भ्यू प्वाइन्टमा दुई चिनियाँ २८ मंसीरमा मृत अवस्थामा भेटिएका हुन् ।

चिनियाँ पर्यटकको टोलीसहित आएका पर्यटकमध्ये ५५ वर्षीय चिन डन मिस्टर एर र ६२ वर्षीय साइ हङ्युन मिस्टर एर एउटै कोठामा मृत अवस्थामा फेला परेको नगरकोट प्रहरीले जनाएको छ । उनीहरु २७ मंसीर राती खाना खाएर एउटै कोठामा सुतेका थिए ।

२८ मंसीरमा बिहान अबेरसम्म नउठेपछि होटल सञ्चालक दिनेश श्रेष्ठ र चिनियाँ पर्यटकको टोली नेतासहितले ढोका फुटाएर हेर्दा उनीहरु मृतावस्थामा भेटिएको होटेलले जनाएको छ ।

मृत अवस्थामा पर्यटक भेटिएलगत्तै नगरकोट प्रहरी प्रभागबाट गएको प्रहरी टोलीले प्रारम्भिक र काभ्रेबाट प्रहरी टोली आएर अनुसन्धान शुरु गरेका छन् । पर्यटकको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीको भनाई छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>