समाचारशुक्रबार, मंसिर २८, २०७०
संकटकाल घोषणा नगर्नु ठूलो गल्ती: भट्टराई
एमाओवादी नेता बाबुराम भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर संकटकाल लगाएर भएपनि संविधानसभाको म्याद थप्न नसकेकोमा पछुताउ मानेका छन् ।
१४ जेठ, २०६९ राती संकटकाल लगाएर भएपनि संविधानसभाको म्याद नथप्नु गल्ती भएको उनको भनाई छ । सामाजिक सञ्जाल फेसबुकमा २८ मंसीर दिउँसो राखिएको उनको स्टाटसमा बिपक्षी र आफ्नै पार्टीका नेताहरुले संकटकाल लगाएर संविधानसभाको म्याद थप्न नदिएको उल्लेख छ ।
उनले लेखेका छन्, “२०६९ जेठ १४ गते राति अन्तिम विकल्पको रुपमा म आफैले कलंकको टीका लगाएर भए पनि संकटकाल घोषणा गर्छु र संविधानसभाको म्याद थप्ने प्रस्ताव लैजान्छु भन्ने सोंच बनाएर त्यसको उद्घोष पनि गरें तर अरु विपक्षीहरुका अतिरिक्त आफ्नै नेता र सहकर्मीहरुको दबाब खेप्न नसकेर पछि हटें । यो मेरो जीवनको सबभन्दा ठूलो गल्ती साबित भयो, जुन म विनम्रतापूर्वक स्वकार्दछु ।”
उनले फेसबुकमा लेखेका छन्–

