समाचारशुक्रबार, मंसिर २८, २०७०

घिमिरे र उप्रेतीले हामीलाई हराए: किराँती

हिमालखबर

एमाओवादी नेता गोपाल किराँतीले २८ मंसीरमा झापाको दमकमा पत्रकारसँग कुरा गर्दै गृहमन्त्री माधव घिमिरे र प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले योजनाबद्ध रुपमा आफूहरुलाई हराएको आरोप लगाएका छन् । उनले उप्रेती र घिमिरेले धाँधली गरेर एमाओवादीलाई हराएको दाबी गरे ।

घिमिरे र उप्रेतीप्रति आक्रोश पोख्दै किराँतीले भने, “मैले पार्टीसमक्ष माग गरेको छु, कसरी हुन्छ ती दुई जनालाई नझुण्ड्याई हुन्न, जनतासमक्ष पनि मेरो यही माग छ ।” उनले गृहमन्त्री घिमिरेले काँग्रेस र प्रमुख निर्वाचन आयुक्त उप्रेतीले एमालेको प्रतिनिधिको रुपमा मात्र काम गरेको आरोप समेत लगाए । उनले भने, “उप्रेतीलाई म चिन्दिन, उनलाई टिभीमा मात्रै देखेको हुँ, घिमिरेलाई राम्ररी जान्दछु, उनी एकदमै हठी मान्छे हुन् ।”

संबिधानसभा निर्वाचनको परिणाम सुन्दै गएपछि तपाइँलाई कस्तो लाग्यो भनेर सोधिएको प्रश्नमा उनको जवाफ थियो, “शुरुमा हाँसे, बिचमा आश्चार्यचकित भएँ, अहिले चाँहि एकदमै रिस उठेको छ ।”

हारको एउटा प्रमुख कारण पार्टीभित्रको आन्तरिक समस्या रहेको समेत उनले बताए । “पार्टीभित्रको समस्या एउटा कारण हो” उनले भने, “अर्को कारण चाँहि नीतिगत, संरचनागत र प्रकृयागत धाँधली हो ।”

भmापा–७ मा एमाले नेता केपी ओलीसँग पराजित किराँतीले अघिल्लो संबिधानसभा निर्वाचनपछि आफ्नो पार्टीका सबैजसो नेता–कार्यकर्ताले धरातल बिर्सिएर भुँइ छोड्नु पनि हारको एउटा कारण भएको टिप्पणी गरे । “धरातलसँग नेतृत्वको सम्बन्धै टाढिएको थियो” उनले भने, “मैले त अगाडि नै सचेत हुनुपर्छ भनेर हेडक्वार्टरलाई भनिसकेको थिएँ ।”

उनले बाबुराम भट्टराई नेतृत्वको बहुमतबाट निर्वाचित सरकार खिलराज रेग्मीलाई सुम्पिएको, लोकमानसिंह कार्कीलाई अख्तियारमा लैजाँदा भोग्नुपरेको चर्काे बेइज्जती, सेना परिचालन गर्दा होश नपुर्याइएको र अघिल्लोपटकको संबिधानसभामा ठूलो दल भएपछि संबिधान बनाउनुको साटो सरकार र मन्त्री पद खोज्दैमा पार्टी अल्मलिएका कारण एमाओवादीले यो दुर्दिन देख्नुपरेको समेत बताए । एमाओवादीभित्र बेलाबेला चर्चा र विवादमा आइरहने नेता किराँतीले दलीय प्रतिस्पर्धामा आफ्नो पार्टी परिपक्क बन्न नसकेको कुरालार्ई पनि आत्मसात गर्नुपर्नेमा जोड दिए ।

गोपाल गडतौला, हिमालखबर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>