समाचारशनिबार, मंसिर २९, २०७०

गाडी दुर्घटनामा दुईको मृत्यु

हिमालखबर

चितवन र कालिकोटमा भएको गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटना कालिकोटको रारा लिहीको गाडगडेनी र चितवनको कुरिनटारमा भएको हो ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिन्टारमा २९ मंसीरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको बा १ म ६२ नम्बरको ट्रिपरले काठमाडौँतर्फ जाँदै गरेको लु १ ख ३४०७ नम्बरको बसलाई रोकिराखेको अवस्थामा ठक्कर दिँदा बसबाट झर्दै गरेका रुपन्देही मुर्गिया प्रवाहका १४ वर्षीय माधव कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार बसको ठक्करबाट गम्भीर घाइते कुँवरको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । बसलाई ठक्कर दिने ट्रिपर र चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेका छन् ।

यस्तै, कालिकोट, नाग्मदेखि जुम्ला सदरमुकामतर्फ आइरहेको ना ४ ख ६७२३ नम्बरको कर्णाली यातायातको बसले किच्दासहचालक लोकेन्द्र कठायतको घटनास्थलमै मृत्यु भएको छ । २० वर्षीय मृतक कठायत तातोपानी–२ राका जुम्लाका हुन् ।

बसको पछिल्लो पाङ्ग्राले च्याप्दा रारा लिही–२ को गाडगडेनी नजिक कठायतको मृत्यु भएको प्रहरी निरीक्षक विनोद धितालले जानकारी दिए । कठायतको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चालक तेजबहादुर बुढालाई प्रहरीले नियन्त्रण लिएको छ । सदरमुकामभन्दा करिब २७ किमी टाढाको लिहीमा २८ मंसीरमै घटना भए पनि घटनाको यथार्थ विवरण २९ मंसीरमा मात्रै थाहा भएको प्रहरीले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>