समाचारआइतबार, मंसिर ३०, २०७०
अक्सिजनको कमीले मजदुरको मृत्यु
बाराको सीमरामा रहेको जगदम्बा स्टिल उद्योगमा काम गर्ने एक मजदुरको मृत्यु भएको छ । खानपिन गरेर कोठामा २९ मंसीर राती सुतेका १२ जना मजदुरमध्ये अक्सिजनको कमीले एक जनाको मृत्यु भएको हो ।
पर्सा, चोर्नी–८ मा डेरा गरी मजदुरहरु निदाएको अवस्थामा निस्सासिएर एकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भारतको उत्तरप्रदेश महाराजगञ्ज निवासी १९ वर्षीय भूमई मुसहरको मृत्यु भएको हो ।
उनीहरु कोठामा आगो बालेर सुतेको बुझिएको प्रहरीले बताएको छ । निस्सासिएर मुर्छा परेका अरु ११ जना कामदारलाई उपचारका लागि ३० मंसीर बिहान वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
बिम्मी शर्मा, वीरगञ्ज
