थप समाचारआइतबार, मंसिर ३०, २०७०
अपाङ्ग श्रमिकलाई श्रमिककै सहयोग
तानसेन–१ मेहलधाराका ३८ वर्षीय श्रमिक दशरथ खड्कीलाई नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ पाल्पाले आर्थिक सहयोग प्रदान गरेको छ । श्रमिक संघ पाल्पामा आबद्ध भई काम गर्दागर्दे प्यारालाईसिसले अपाङ्ग भएका उनलाई ३० मंसीरमा श्रमिक संघले आर्थिक सहयोग प्रदान गरेको हो ।
अपाङ्ग भएर काम गर्न नसक्ने भएकाले उनलाई उपचार खर्चस्वरुप ५ हजार रुपैंया प्रदान गरिएको संघका सहसचिव पदम बहादुर रानाले जानकारी दिए । संघका अध्यक्ष राजेन्द्र बहादुर श्रेष्ठको अगुवाईमा ३० मंसीर बिहान खडकीकै घरमा पुगेर संघका कोषाध्यक्ष ऋषिराम पोख्रेलले नगद प्रदान गरे ।
सहयोग कार्यक्रममा संघका सचिव भोज बहादुर राना, सहसचिव पदम बहादुर राना, जिल्ला प्रतिनिधि निलकण्ठ देवकोटा, केन्द्रीय सदस्य दिनेश गन्र्धव लगायतले श्रमिकहरुको दुःख–पीडालाई राज्यले बुझ्न नसकेकोले व्यतिmगतरुपमा पैसा उठाएर खड्कीलाई प्रदान गरेको बताए ।
तानसेन–१ मेहलधारमा सुकुम्बासीको रुपमा बसी वायरिङ्ग पेशामा आबद्ध खड्कीको आर्थिक अवस्था कमजोर रहेकोले श्रमिकहरुले नै सहयोग गरेको संघको भनाई छ । खड्कीले श्रम गरेरै श्रीमतीसहित २ छोरा, १ छोरी, भाई र बुहारीको हेरचाह गर्दे आएका थिए ।
देव पचभैया, पाल्पा
