थप समाचारआइतबार, मंसिर ३०, २०७०

जाडो छल्न चराहरु चितवनमा

हिमालखबर

जाडो छल्न विभिन्न प्रजातिका चरा चितवन आउन थालेका छन् । कर्‍याङकुर्‍याङ  नामका चरालगायत विभिन्न प्रजातिका चरा तिब्बतबाट चितवन आउने क्रम शुरु भएको चरा विज्ञले बताएका छन् ।

तिब्बतमा यो समयमा निक्कै जाडो हुने भएकाले सो प्रजातिका चरा नेपालको विभिन्न क्षेत्र हुँदै चितवन आउने गर्छन् । चितवनमा भन्दा तिब्बतमा यो समयमा जाडो हुने र आहाराका लागि पनि कर्‍याङकुर्‍याङ चरा यहाँ आउने गरेको बर्ड एजुकेसन सोसाइटी सौराहाका अध्यक्ष वासु विडारीले बताए ।

ती चरा समूह बनाएर हजारौंको सङ्ख्यामा आउने गर्दछ । कालीगण्डकी भ्याली हुँदै पश्चिम चितवनको दिव्यनगर र सिसवार क्षेत्रमा विचरणका लागि ती चरा आएको उनले बताए ।

उनका अनुसार ३० मंसीरमा मात्रै १९८ वटा चरा गणना गरिएको छ ।

रातको समयमा नारायणी नदी किनारमा बस्ने सो चरा दिउँसोको समयमा आहाराका लागि दिव्यनगर र सिसवार क्षेत्रमा आउने गर्दछ । कर्‍याङकुर्‍याङ चरा प्रत्येक वर्ष जाडो छल्न र आहारका लागि आउने गरेको पनि विडारीको भनाई छ ।

जाडो महिना सकिएलगत्तै सो चरा पुनः तिब्बत नै फर्किने गर्छ । चितवनमा करिब ६०० प्रजातिका चरा रहेका छन् ।

चरा अवलोकनकै लागि पनि चितवनमा पर्यटक आउने गरेका छन् । नेपालमा ८०० भन्दा बढी प्रजातिका चरा रहेका छन् । प्रायः यहाँ विभिन्न देशबाट चरा बसाइँ सर्ने गर्दछन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>