समाचारआइतबार, मंसिर ३०, २०७०

राष्ट्रपति अब चुप लागेर बस्नु हुँदैनः बिजुक्छे

हिमालखबर

भक्तपुरको छालिङ गाविसमा ३० मंसीरमा आयोजित कार्यक्रममा बोल्दै विजुक्छेले वर्तमान राजनीतिक अन्योलताको अन्त्यका लागि राष्ट्रपतिले नै मध्यमार्गीको भूमिका निर्वाह गरेर अगाडि बढ्नु पर्ने बताएका हुन । उनले निर्वाचनको परिणामपछि आत्तिएका केही दलले निर्वाचन परिणामको विषयलाई लिएर उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेर देशलाई अनिर्णयको बन्दी बनाउन खोजेको बताए ।

नेता विजुक्छेले अबका दिनमा पनि विभिन्न बहानामा राजनीतिक दलहरु अलमलिने हो भने फेरि पनि संविधान नबन्ने ठोकुवा गरे । उनले भने, “विदेशीको हस्तक्षेप बढ्दो छ, फेरि पनि विदेशीको तालमा नै दलहरुले नाचिरहने र राष्ट्रपति एवम् प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा अल्झेर बसै जनताले फेरि पनि संविधान पाउँदैन ।” रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>