समाचारसोमबार, पौष १, २०७०

समानुपातिकको नामावली समयमै पठाउन आग्रह

हिमालखबर

प्रमुख आयुक्त उप्रेतीले  काभ्रेको धुलिखेलमा १ पुसमा आयोजित कार्यक्रममा बोल्दै आयोगले थपेको म्याद भित्र नामावली पठाउन आग्रह गरेका हुन । उप्रेतीले भने, “सबैको चाहना छिटै संविधानसभा गठन होस् भन्ने भएकोले समयमा नै नाम पठाउन आग्रह गर्दछु ।”

समानुपातिकको सूचि बुझाउने म्याद फेरी थपिने चर्चा चलेका बेला प्रमुख आयुक्त उप्रेतीको यस्तो धारणा सार्वजनिक भएको हो । आयोगले समानुपातिकको सूचि बुझाउने म्याद २५ मंसीरबाट बढाएर ३ पुस बनाएको छ ।

यसैबीच चुनावमा कुनै प्रकारको धाँधली नभएको उप्रेतीले पुनः दोहोर्याए । उनले भने,  धाँधली भयो भन्नु कमिलाले हाती बोकेर सगरमाथा चढ्यो भने जस्तै हो ।”
नगेन्द्र अधिकारी, काभ्रे

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>