थप समाचारसोमबार, पौष १, २०७०
अब लोडसेडिङ दैनिक ९ घण्टा (तालिकासहित)
प्राधिकरणले लोडसेडिङको समय बढाएको छ । २ पुसदेखि लागू हुने गरी लोडसेडिङको समय बढाएको हो । अब दैनिक ९ घण्टा लोडसेडिङ हुनेछ ।
दिनमा तीन पटक लोडसेडिङ गरिने प्राधिकरणले जनाएको छ । यसअघि दिनमा दुई पटक मात्रै लोडसेडिङ हुने गरेको थियो । दुई पटक मात्र लोडसेडिङ गर्दा समयावधि लामो हुने भएकाले तीन पटक गर्न लागेको प्राधिकरणको भनाई छ ।

