समाचारसोमबार, पौष १, २०७०

काशी तिवारी हत्या आरोपी माओवादी नेता पक्राउ

हिमालखबर

हिन्दु युवा संघका संस्थापक अध्यक्ष काशी तिवारीको हत्या आरोपी सीयाराम कुशवाहालाई प्रहरीले पक्राउ गरेको छ । तिवारीको हत्या भएको साढे तीन वर्षपछि फिरोज भनिने कुशवाहालाई प्रहरीले १ पुसमा चितवनको भण्डाराबाट पक्राउ गरेको हो ।

तिवारी हत्यामा उनको संलग्नता रहेको आरोप छ । भण्डारामा लुकेर बसेको अवस्थामा पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई थप अनुसन्धान गरिरहेको पर्साका प्रहरी प्रमुख धीरजप्रताव सिंहले जानकारी दिए ।

वीरगञ्ज–१३ मसानघाट शिवपार्वती मन्दिर नजिकै १२ असार २०६७ मा हिन्दु युवा संघका संस्थापक अध्यक्ष तिवारीको हत्या भएको थियो । हत्या आरोपी २८ वर्षीय कुशवाहा रौतहटको  हथियाही–५ जमुनिया टोलाका बासिन्दा हुन् ।

अर्का अभियुक्त बारा हरैया–८ का २५ वर्षीय अमनप्रसाद कुशवाहालाई पक्राउ गरी वीरगञ्ज कारागारमा चलान गरिसकिएको छ । उनलाई २२ भदौ २०६८ मा प्रहरीले पक्राउ गरेको थियो । अमनकै बयानका आधारमा सीताराम कुशवाहा पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

अमनले चलाएको मोटरसाईकल पछाडी बसी तिवारीलाई गोली प्रहार गरेका सीयाराम फरार भएका थिए ।

बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>