थप समाचारसोमबार, पौष १, २०७०
नेकपा संयुक्तले सभासद छान्यो
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)ले समानुपातितर्फ सभासद चयन गरेको छ । नेकपा संयुक्त १ पुसमा सभासदको चयन गरेको हो ।
सभासद हुनेमा मिथिला चौधरी, प्रमिला राना र जयदेव जोशी छन् । पूर्वाञ्चलको प्रतिनिधित्व गर्दै चौधरी, मध्यमाञ्चलबाट राना र पश्चिमाञ्चलबाट जोशीलाई चयन गरिएको नेकपा संयुक्तले जनाएको छ ।
प्रत्यक्षतर्फ एक सिट पनि नजितेको नेकपा संयुक्तले समानुपातिकतर्फ भने ९१ ह्जार ९९७ मत ल्याएको थियो ।
