समाचारसोमबार, पौष १, २०७०
फेरि थपियो, समानुपातिकको सूचि बुझाउने म्याद
दलहरूले १० पुससम्ममा समानुपातिक सभासदको नाम पठाउन पाउने गरी १ पुसममा म्याद बढाएको निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिए । आयोगले यसअघि समानुपातिकको नाम पठाउने म्याद २५ मंसीरबाट बढाएर ३ पुस बनाएको थियो ।
आयोगले उच्चस्तरीय राजनीतिक समितिको औपचारिक आग्रहपछि म्याद थपेको हो ।

