समाचारमंगलबार, पौष २, २०७०
दमक बजारमा डाका लाग्यो
झापा, दमक–१५ का गोविन्दराज कट्टेलको घरमा डाका लागेको छ । २ पुस साँझ साढे ७ बजे आएका तीन जना डाकाले ६ तोला सुन, एक लाख ८० हजार नगद र एक तोला चाँदी लुटेका छन् ।
कट्टेल मिल मशिनरीका व्यापारी हुन् । विस्तृत जानकारी आउन बाँकी रहेको र डाकाको खोजि भइरहेको दमक प्रहरीले जनाएको छ ।
गोपाल गडतौला, दमक
