थप समाचारबुधबार, पौष ३, २०७०

एकै पटकमा दश बच्चा जन्मिए

BBC

मध्यप्रदेशको रिवा शहरकी महिलाले एकै पटकमा १० बच्चालाई जन्म दिएपछि चिकित्सा क्षेत्रमा यसलाई अनौठो घटना मानिएको छ र यसबारेमा शोधको हुने भएको छ ।

भारत मध्यप्रदेशको संजय गाधी मेमोरियल अस्पतालका सहायक प्रमुख डा. एसके पाठकका अनुसार गर्भ रोक्नका लागि अधिकमात्रामा औषधीको सेवनले पनि यस्तो भएको हुन सक्छ, तर अझै पनि यो अनुसन्धानकै विषय भएको उनी बताउँछन् ।

३० मंसीर राति अस्पताल भर्ना भएकी २८ वर्षीय अञ्जु कुशवाहले दश वटा मृत बच्चा जन्माएपछि उनको स्वास्थ्य अवस्था गम्भीर भएको थियो । अहिले भने उनको अवस्थामा सुधार हुँदै गएको अस्पतालले जनाएको छ ।

विवाहको दश वर्षसम्म पनि गर्भवती नभएकी अञ्जुको केही महिनाअघि स्थानीय अस्पतालमा भिडियो एक्सरे गर्दा गर्भमा एकभन्दा धेरै भ्रुण देखिएका थिए । त्यसबेला चिकित्सकले ‘फिटल रिडक्सन’ गर्न सल्लाह दिए पनि अञ्जुका पति सन्तोष त्यसका लागि तयार भएनन् । ‘फिटल रिडक्सन’ मा चिकित्सकले औषधीका माध्यमबाट गर्भमा रहेको एउटा भ्रुणलाईमात्रै बचाएर अरुलाई नष्ट गरिदिन्छन् ।

तर, गर्भवती भएको ४ महिनामै अस्पताल जाँदै गर्दा बाटोमै अञ्जुले ९ वटा मृत सन्तानलाई जन्म दिइन् । सन्तोषले ति सबै बच्चालाई रुमालमा लपेटेर अस्पताल पु¥याएका थिए । बाँकी एउटा बच्चालाई चिकित्सकले गर्भाशयबाट मृत अवस्थामै निकालेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>