थप समाचारबुधबार, पौष ३, २०७०
बैंकिङ कसुरमा संलग्न व्यक्ति पक्राउ
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुरमा संलग्न एक जनालाई पक्राउ गरेको छ । एनआईडीसी क्यापिटल मार्केट्स लिमिटेडबाट ऋण लिई रकम दुरुपयोग गर्ने काठमाडौंको धापासी–३ गौरीगाउँमा बस्ने गोरखा, गोरखकाली–१ का हरिबाबु जोशीलाई सीआईबीले पक्राउ गरेको हो ।
उनलाई ३ पुसमा सुनसरी, इटहरीबाट पक्राउ गरेको सीआईबीले जनाएका छ । उनीमाथि सीआईबीले कानुनी कारवाही अघि बढाएको छ । उनले बैंकका तत्कालिन कार्यकारी अधिकृत, तत्कालिन कर्जा प्रमुख, धितो मुल्यांकनकर्तासमेतको मिलोमतोमा अनियमित रुपमा कर्जा लिई दुरुपयोग गरेको सीआईबीले जनाएको छ ।
उनले आफू संलग्न तथा सम्बन्धित रहेका विभिन्न संस्था, कम्पनी, फर्म तथा व्यक्तिको नाममा ऋण लिएका थिए ।
