समाचारबुधबार, पौष ३, २०७०
काठमाडौं महानगरपालिकाका वरिष्ठ इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका वरिष्ठ इन्जिनियर देवेन्द्र डंगोलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । एक करोड ४१ लख ९३ हजार ९४८ रुपैंया भ्रष्टाचार अभियोगमा उनीविरुद्ध अख्तियारले ३ पुषमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी रुपमा कमाएको सो रकमको स्रोत प्रमाणित गर्न नसकेको अख्तियारको दावी छ ।
यस्तै, डंगोलले आफ्नो भतिजा अनुजबहादुर सिंहको नाममा एक करोड ८ लाख रुपैंया र बा ७ च ६७५३ नम्बरको सेब्रोलेट स्पार्क गाडी समेत छिपाउने काम गरेको अख्तियारले जनाएको छ । अख्तियारले सिंहविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
