समाचारबिहीबार, पौष ४, २०७०
स्थानीय निकाय निर्वाचनका लागि ऐन संशोधन हुँदै
मन्त्रालयका प्रवक्ता दिनेश थपलियाले भने, “निर्वाचका लागि आवश्यक पर्ने ऐननियम संशोधनको खाका मन्त्रालयले तयार गरी यसपछिका अरू प्रक्रियामा अगाडि बढाएको छ, छिटोभन्दा छिटो निर्वाचन होस् भन्ने मन्त्रालयको चाहना रहेको छ ।”
प्रमुख दलहरुले संविधानसभाको निर्वाचन सम्पन्न भएको एक वर्षभित्रमा स्थानीय निकायको निर्वाचन गर्ने बताउँदै आएका छन् । संविधानसभाको निर्वाचन सम्पन्न भइसकेको छ । स्थानीय निकायको निर्वाचन गराउन निर्वाचन आयोग तयार रहेको समेत आयोगले जनाइसकेको छ । स्थानीय निकायको निर्वाचन नभएको १५ वर्ष बितिसकेको छ ।रासस
