थप समाचारबिहीबार, पौष ४, २०७०
दुई भारतीय लुटेरा पक्राउ
वीरगञ्जको आदर्शनगरमा त्रिवेणी समूहका कर्मचारी सन्तोष पाठकको साथमा रहेको ३ लाख ७५ हजार रुपैयाँ सहितको झोला लुटेर भागेका दुई भारतीय नागरिकलाई प्रहरीले ३ पुसमा पक्राउ गरेको छ ।
बिहान साढे ११ बजे आदर्शनगरस्थित एनआइसी एशिया बैंकमा पाठकले जम्मा गर्न लगेको नगद लुटेर उनीहरु भागेको थिए ।
पक्राउ पर्नेहरुमा भारत सिलगुढी राजगञ्जका ३८ वर्षीय कमलेश ग्वाला र २३ वर्षीय रोहित ग्वाला छन् ।
बिम्मी शर्मा, वीरगञ्ज
