समाचारबिहीबार, पौष ४, २०७०
जीप दुर्घटनामा १६ घाईते
सिमीचौर– ९ बाट अर्घाखाँची सुपा देउराली दर्शनको लागी जाँदै गरेको लू १ ज १४१३ नं को जीप दुर्घटनामा परी १६ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दुर्घटनामा सिमीचौर– ३ का ४२ वर्षीया निरबहादुर थापा, १८ वर्षीय दीपक पाण्डेय र वडा नं ४ का १९ वर्षीय सन्तोष पाण्डेय गम्भीर घाइते भएका छन् ।
त्यस्तै वडा नं ४ का १७ वर्षीय सागर पाण्डेय, ३० वर्षीया कमला पाण्डेय, ३८ वर्षीया माया पाण्डेय र ४० वर्षीय हेमबहादुर पाण्डेय पनि घाइते भएका छन् ।
घाइते सबैको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ ।
गगनशिला खड्का, गुल्मी
