समाचारमंगलबार, साउन ९, २०६९
सत्ता लम्ब्याउन चुनाव घोषणाः उपसभापति पौडेल
बिपी स्मृति दिवसको सन्दर्भमा नेपाल विद्यार्थी सङ्घ नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय समितिद्वारा ९ साउनमा आयोजित विचार गोष्ठीमा उनले सत्ताको अवधि लम्ब्याउन सरकारले निर्वाचनको घोषणा गरेको तथा निर्वाचन ऐन नै नभएको अवस्थामा निर्वाचन कुनै हालतमा पनि सम्भव नभएको बताए । संविधान निर्माण नगरी संविधानसभाको अवसान गरिएकाले देश जटिल परिस्थितिमा पुगेको उल्लेख गर्दै उपसभापति पौडेलले देशलाई जटिलताबाट निकास दिन सहमति अपरिहार्य भएको उल्लेख गरे ।
बिपीको निधनपछिको तीन दशकको अवधिमा देशमा धेरै उतारचढाव आएको चर्चा गर्दै पौडेलले भनॆ, ‘बिपीले अवलम्बन गर्नुभएको बाटोबाट नेपाली काँग्रेस विचलित भएको छैन ।’ रासस
