समाचारबिहीबार, पौष ४, २०७०

अधिकारी हत्याका आरोपीलाई तेह्र दिनको म्याद थप

हिमालखबर

माओवादीले हत्या गरेका गोरखाका कृष्णप्रसाद अधिकारी

कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेका चितवनका परशुराम पौडेलमाथि अनुसन्धान गर्न दोस्रो पटक १३ दिनको म्याद दिइएको जिल्ला अदालत चितवनका स्रेस्तेदार विद्याधर पौडेलले जानकारी दिएका छन् ।

२१ मंसीरमा पक्राउ परेका पौडेलमाथि अनुसन्धानका लागि अदालतले यसअघि दिएको १२ दिनको म्याद ४ मंसीरमा सकिएको थियो ।

एसएलसी परीक्षा दिएर हजुरबुवा भेट्न गोर्खाबाट चितवन आएका बेला अधिकारीको २०६१ सालमा रत्ननगरमा माओवादीले हत्या गरेको थियो ।

पीडित परिवारले ११ जनामाथि किटानी जाहेरी दिए पनि अहिलेसम्म कसैमाथि कारबाही भएको छैन ।
अधिकारीका बुबा नन्दप्रसाद र आमा गंगामायाँ दोषिलाई पक्राउ गरी कारबाहीको माग गर्दै दोस्रो पटक राजधानीमा अनसनमा बसेपछि प्रहरीले अर्का एक व्यक्तिलाई पक्राउ गरेको हो ।

भरतपुर– ९ निवासी पौडेललाई दुई माओवादीले आ–आफ्नो कार्यकर्ता भएको दाबी गर्दै आएका छन् । उनीमाथि अनुसन्धान जारी रहेको चितवन प्रहरीले जनाएको छ ।

यसअघि सो घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका गोरखाका रामप्रसाद अधिकारीलाई प्रमाण नपुगेको भन्दै सरकारी वकिलले मुद्दा चलाउन नमानेपछि असोजमा रिहा भएका थिए ।
पौडेललाई १२ दिन म्याद थप, दुवै माओवादीको विरोध
‘न्याय नपाएपछि बाँचेर के गर्नु र !’

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>