समाचारमंगलबार, साउन ९, २०६९
प्रतिपक्षी दलले एमाओवादीसँग ‘निर्णायक’ वार्ता गर्ने
एमाले मुख्यालय बल्खुमा ९ साउनमा बसेको दुई दलका शीर्ष नेताहरु सम्मिलित बैठकमा यस्तो सहमति भएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । बैठकपछि उपसभापति पौडेलले १० साउनमा ‘निर्णायक’ वार्ता हुने बताए । एमाओवादीसँगको वार्तापछि मात्रै आगामी रणनीतिको विषयमा छलफल गरिने पौडेलको भनाई थियो ।
सन्चारकर्मीको एक जिज्ञासामा पौडेलले कांग्रेसले नेतृत्व पाउने सहमतिपछि मात्रै आफूहरुले प्रधानमन्त्रीको उम्मेदवार तोक्ने बताए । एमाले नेताहरुले भने कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर सहमति खोज्न दवाव दिँदै आएका छन् ।
कांग्रेस र एमालेले आन्दोलनबाटै सरकार ढाल्ने निर्णय गरेका छन् । बैठकपछि एमाले उपाध्यक्ष बामदेव गौतमले छलफलले सडकबाटै सरकार ढालेर राष्ट्रिय सहमतिको सरकार गठन गर्न बाध्य पार्ने निर्णय भएको जानकारी दिए । प्रधानमन्त्री बाबुराम भट्टराईले पदबाट राजीनामा नदिई सहमतिको वातावरण नबन्ने दुबै दलको अडान छ ।
