समाचारबिहीबार, पौष ४, २०७०

हत्या आरोपी पक्राउप्रति एमाओवादीको आपत्ति

हिमालखबर

एमाओवादीका ‘भोजपुरा राज्य समिति सचिवालय’ सदस्य तथा समानुपातिकतर्फका उम्मेदवार सियारामप्रसाद कुशवाहालाई प्रहरीले गिरफ्तार गरेकामा आपत्ति जनाएको छ ।

विश्व हिन्दू युवा सङ्घका तत्कालीन अध्यक्ष काशीप्रसाद तिवारीको तीन वर्षअघि वीरगन्जमा भएको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले कुशवाहालाई २ पुसमा चितवनबाट पक्राउ गरेको हो ।

माओवादी प्रवक्ता अग्नि सापकोटाद्वारा ४ मंसीरमा  जारी विज्ञप्तिमा भनिएको छ, “काशीप्रसाद तिवारीको हत्या गरेको आरोप लगाइएको भएपनि कुशवाहाको न त उक्त घटनामा कुनै संलग्नता छ, न कुसवाहाविरुद्ध कुनै उजुरी नै परेको छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>