समाचारबिहीबार, पौष ४, २०७०

सेनामा सरुवा–बढुवा

हिमालखबर

उपरथी प्रदीपविक्रम राणा रथीमा बढुवा भएका छन् । मन्त्रिपरिषद्को ४ पुसमा बसेको बैठकले उपरथी राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो । उनलाई रथीमा बढुवा गर्दै बलाध्यक्ष रथीमा पदास्थापन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री माधवप्रसाद पौडेलले जानकारी दिए ।

रथी नेत्रबहादुर थापाले अघिल्लो महिना अवकास पाएपछि रिक्त पदमा राणाले बढुवा पाएका हुन् । मन्त्रिपरिषद् बैठकले रथी पवनबहादुर पाण्डेलाई बलाधिकृत कार्यालयमा सरुवा गर्ने निर्णय समेत गरेको छ । यस्तै, सहन्यायाधिवक्ता महेशकुमार थापालाई नायव महान्यायाधिवक्ताको पदमा बढुवा गर्ने निर्णय भएको प्रवक्ता पौडेलले जानकारी दिए ।

बैठकले पाल्पा, तानसेनको वृद्ध सहारा आश्रमलाई विभिन्न सर्तहरु पालना गर्ने गरी ०.३ हेक्टर वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने निर्णय पनि गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>